काठमाडौँ महानगरले आविष्कार केन्द्र खोल्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ –  काठमाडौँ महानगरपालिकाले आविष्कार केन्द्र खोल्ने भएको छ। राष्टिय आविष्कार केन्द्रका महावीर पुन र महानगरका मेयर बालेन्द्र शाहबिच भेटवार्तापछि सो केन्द्र खुलाउने बारे छलफल भएको हो ।
उक्त भेटवार्तामा महानगरपालिकाले उचित ठाउँ खोजी महानगरभित्रै आविष्कार केन्द्र खोल्नेबारे छलफल भएको बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।

मेयर भएपछि शाहले आविष्कार केन्द्रसँग सहकार्य गर्दै विभिन्न कामहरू गर्दै आएका छन्। यसरी अहिलेसम्म गरिएको सहकार्यमा कुनै बाधा अड्चन आए नआएको बारेमा पनि छलफल भएको स्वकीय सचिव शाहले बताए।पुनले उनीहरूलाई कीर्तिपुरस्थित आविष्कार केन्द्रको भ्रमण गराई कामबारे जानकारी दिएका थिए। यस्तै महानगरसँग थप सहकार्य कसरी गर्न सकिन्छ भन्ने बारे पनि छलफल भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

Array