स्पेनमा असिनाले लागेर २० महिने शिशुको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ  – स्पेनमा असिनाले टाउकोमा लागेर एक २० महिने शिशुको मृत्यु भएको छ । असिनाले लागेर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको हो । मंगलबार साँझ क्याटालोनियाको गिरोना क्षेत्रमा १० मिनेटसम्म आएको भीषण आँधीहुरीको कारण अरु करिब ५० जना घाइते भएका छन् । धेरैलाई सामान्य चोटपटक लागेको छ । केहीको हड्डी भाँचिएको बताइएको छ ।

घरका छानाहरू क्षतिग्रस्त भएका छन् । झ्यालका सिसाहरू फुटेका छन् । विद्युत् आपूर्ति बन्द भएको बताइएको छ । क्याटालोनियाको मौसम विभाग सेवाले एउटा असिनाको व्यास १० सेन्टिमिटर सम्मको पाइएको जनाएको छ । सन् २००२ यता यस क्षेत्रमा भएको यो सबैभन्दा भीषण वर्षा हो । वर्षाको कारण आफ्ना भौतिक पूर्वाधार क्षतिग्रस्त भएको सूचना दिन स्थानीय बासिन्दाले अग्निनियन्त्रण सेवालाई ४० भन्दा बढी कल गरेका थिए । सबैभन्दा बढी कल बिस्वल डि एम्पोरोडा सहरबाट आएको बताइएको छ ।

बीबीसीबाट ।

 

प्रतिक्रिया दिनुहोस्

Array