कुनै दलसँग तालमेल वा एकताकोलागि वार्ता गरेका छैनौ: विवेकशील साझा, एक्लिए रवीन्द्र मिश्र

विवेकशील साझाको आजको विज्ञप्तिले रवीन्द्र मिश्र एक्लिएको प्रष्ट बुझ्न सकिन्छ । रवीन्द्र मिश्र राप्रपासँग एकता या तालमेलको लागि प्रयासरत रहेका छन् । केहिदिन पहिले मात्र उनले एमाले अध्यक्ष ओली सँग भेट गरेका थिए ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

विवेकशील साझा पार्टीले राप्रपासँग तालमेल वा एकताको कुनै सम्भावना नरहेको आज प्रकाशित एक बिज्ञप्ति मार्फत बताएको छ । अध्यक्ष समीक्षा बास्कोटाद्वारा जारी विज्ञप्तिमा “विवेकशील साझा पार्टीको नामलाई जोडेर विभिन्न संचार माध्यमहरुमा आएका समाचारहरुमा पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ। केही संचार माध्यमहरुमा आए जसरी विवेकशील साझा पार्टीले परम्परागत दलहरुसँग चुनावी तालमेल तथा एकीकरणबारे कुनै ओैपचारिक वार्ता नगरेको स्पष्ट पार्न चाहन्छौं” भनिएको छ ।

विवेकशील साझाको आजको विज्ञप्तिले रवीन्द्र मिश्र एक्लिएको प्रष्ट बुझ्न सकिन्छ । रवीन्द्र मिश्र राप्रपासँग एकता या तालमेलको लागि प्रयासरत रहेका छन् । केहिदिन पहिले मात्र उनले एमाले अध्यक्ष ओली सँग भेट गरेका थिए ।

- Advertisement -
Ad image

रवीन्द्र मिश्रले प्रस्तुत गरेको बिचार भन्दा माथि देश भन्ने दस्तावेज पश्चात विवेकशील साझा भताभुंग भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्