विधायन समितिबाट नागरिकता विधेयक हुबहु पारित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ भाद्र २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ  – राष्ट्रिय सभाको विधायन समितिबाट नागरिकता विधेयक हुबहु पारित भएको छ । बुधबार बसेको समितिको बैठकमा उक्त विधेयक बहुमतले हुबहु पारित गरेको हो ।

विधायन समितिमा १५ जना सदस्य रहेकामध्ये एमालेका तीन र स्वतन्त्र सांसद खिमलाल देवकोटाले फरक मत दर्ज गरेका छन् । पारित भएको उक्त विधेयक भोलि बस्ने राष्ट्रियसभा बैठकमा पेश गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्