बाँके अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारी बर्खास्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारी बर्खास्त भएका छन् । बिहीबार बसेको न्यायपरिषद बैठकले न्यायाधीश अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको परिषदका एक सदस्यले बताएका छन । अधिकारी जिल्ला अदालत बाँकेको न्यायाधीश हुँदा आर्थिक स्वार्थ र लेनदेनका कारण न्याय सम्पादन प्रभावित पारेको उजुरी परेको थियो । त्यसपछि न्याय परिषदले उनलाई सर्वोच्च अदालतमा झिकाएको थियो ।

बाँकेकी अधिकारकर्मी रुवी खानलाई पक्राउ गर्दा उनीमाथि ‘यान्त्रिक रुपमा पक्राउ अनुमती दिएको’ आरोप लागेको थियो । अधिकारीमाथि सप्तरी जिल्ला अदालतमा हुँदा घुस खाएको आरोप पनि छ । यसअघि पनि न्याय परिषद्ले आधा दर्जन जति न्यायाधीशलाई बर्खास्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array