फनपार्कलाई महानगरको २४ घन्टे अल्टिमेटम

तोकिएको अल्टिमेटम भित्र कर नतिरे फनपार्क शिलबन्दी गरी असुल उपर गरिने चेतावनी पनि महानगरले दिएको छ । फनपार्कले काठमाडौं महानगरपालिकालाई व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नबुझाई वर्षौंदेखि व्यवसाय सञ्चालन गर्दै आएको महानगरपालिकाले जनाएको छ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – काठमाडौं महानगरपालिकाले काठमाडौं फनपार्कलाई २४ घन्टे अल्टिमेटम दिँदै कर तिर्न निर्देशन दिएको छ । बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टा भित्र व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको हो । समाज कल्याण परिषद्‍को जग्गा भाडामा लिएर वर्षौंदेखि व्यवसाय गर्दै आएको फनपार्कले महानगरपालिकालाई तिर्न र बुझाउनुपर्ने कर तिरेको छैन ।

तोकिएको अल्टिमेटम भित्र कर नतिरे फनपार्क शिलबन्दी गरी असुल उपर गरिने चेतावनी पनि महानगरले दिएको छ । फनपार्कले काठमाडौं महानगरपालिकालाई व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नबुझाई वर्षौंदेखि व्यवसाय सञ्चालन गर्दै आएको महानगरपालिकाले जनाएको छ । महानगरका राजस्व विभाग प्रमुख शिवराज अधिकारीले पटक पटक ताकेता गर्दा समेत उक्त कर प्राप्त नभएकाले पत्र लेख्ने कार्य भएको बताए ।
काठमाडौं फनपार्क नेपाली कांग्रेसका नेता एवं पूर्वश्रमराज्य मन्त्री टेकबहादुर गुरुङको कम्पनी हो ।

सामाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित फनपार्क रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बद्री न्यौापने र टेकबहादुर गुरुङसहित १४ जनाविरुद्ध यस अघि भ्रष्टाचार मुद्दा समेत दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array