आज नेप्से २१ अंकले घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार २१.९७ अंकले घटेको छ । नेप्से परिसूचक २१.९७ अंकले घटेर १९७३.३८ विन्दुमा झरेको छ। आज १ अर्ब १२ करोड ६२ लाख १८ हजार ८६१ रुपैयाँ बराबरको २९ लाख ९२ हजार ८७३ कित्ता शेयर कारोबार भएको छ। बुधबार हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने उन्नति सहकार्य लघुवित्तको १.६१ प्रतिशत,गणपति लघुवित्तको १.४० प्रतिशत, दोर्दी हाइड्रोपावरको १.२५ प्रतिशत र मैलुङ खोला जलविद्युतको १.१८ प्रतिशतले बढेको छ।

त्यसैगरी, हिमालयन पावर पार्टनरको शेयरमूल्य सबैभन्दा धेरै ६.८६ प्रतिशतले घटेको छ भने अपर सोलु हाइड्रोपावरको ५.२२ प्रतिशत, अपर हेवाखोला हाइड्रोपावरको ५.१९ प्रतिशत,रिलायन्स फाइनान्सको ५.१२ प्रतिशत र खानी खोला हाइड्रोपावरको ५.०७ प्रतिशतले घटेको छ।

बुधबार नेपाल दुरसञ्चार कम्पनीको सबैभन्दा धेरै १० करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने रिडी हाइड्रोपावरको ६ करोड ४० लाख, राप्ती हाइड्रोपावरको ३ करोड २७ लाख, नेश्डो लघुवित्तको ३ करोड २५ लाख र शिवम् सिमेन्टको ३ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ। आज दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ। जसमा हाइड्रोपावर र फाइनान्स उपसमूहको सूचकमा बढी दबाब देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

Array