दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन महाअभियोग प्रस्ताव: निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा

कार्कीलाई प्रधानन्यायाधीश बनाउनुपर्ने प्रस्ताव आफूकहाँ आएको र त्यसलाई अस्वीकार गर्दा महाअभियोग लगाईएको जवराले दावी गरेका थिए ।  न्यायाधीश दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने र आफूमाथि महाभियोग लगाउने कार्य न्यायपालिकालाई कमजोर पार्ने खेल भएको जबराको तर्क थियो ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीश दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको बताएका छन् ।

कार्कीलाई प्रधानन्यायाधीश बनाउनुपर्ने प्रस्ताव आफूकहाँ आएको र त्यसलाई अस्वीकार गर्दा महाअभियोग लगाईएको जवराले दावी गरेका थिए ।  न्यायाधीश दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने र आफूमाथि महाभियोग लगाउने कार्य न्यायपालिकालाई कमजोर पार्ने खेल भएको जबराको तर्क थियो ।

साथै उनले आफ्नो महाअभियोग प्रस्ताव स्वत: निष्क्रिय भएको दावी गरेका छन् । बुधबार महाअभियोग सिफारिस समितिमा दिएको बयानमा उनले आफू संसदको सम्मानका लागि मात्र आएको बताएका थिए  । आफू नागरिकका हिसाबले आएको र न्याय पाउनुपर्ने बताए  ।’

प्रतिक्रिया दिनुहोस्

Array