महाभियोगको प्रक्रिया मिलेको छैन: निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा

म माथि लागेको अभियोगका विषयमा म कुनै दिन लेखौंला बोलौंला। कानुन र संविधानभन्दा बाहिर गएर काम गरेको छैन। यो महाभियोगको प्रक्रिया मिलेको छैन्,

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले महाभियोग प्रक्रिया नमिलेको जवाफ दिएका छन्। बुधवार महाभियोग सिफारिस समितिको बैठकमा आफूमाथि लागेको अभियोगको जवाफ दिँदै उनले आफूले कानुन बाहिर गएर काम नगरेको दाबी गर्दै प्रक्रियामा प्रश्न उठाएका हुन्।

“म माथि लागेको अभियोगका विषयमा म कुनै दिन लेखौंला बोलौंला। कानुन र संविधानभन्दा बाहिर गएर काम गरेको छैन। यो महाभियोगको प्रक्रिया मिलेको छैन्,” जबराले भने। उनले नियमावली नमिलेको र गम्भीर विषयमा नियमावली नै पालना नभएको भन्दै प्रतिप्रश्न गरेका छन्। “नियमवाली अनुसार यो प्रस्ताव अघि बढेन। यति गम्भीर विषयमा किन संविधान नियमावली पालना भएन,”जबराले बैठकमा भने।

- Advertisement -
Ad image

उनले महाभियोग प्रस्ताव निस्क्रिय भइसकेको दाबी गरेका छन्। जनता र संसदको सम्मानका लागि मात्रै जवाफ दिन आएको जबराले जनाएका छन।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्