पश्चिम सेती र सेती नदी-६ को आयोजना भारतको पावर ट्रेडिङलाई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – पश्चिम सेती र सेती नदी-६ जलविद्युत आयोजना भारतीय कम्पनी पावर ट्रेडिङ कर्पोरेशन अफ इण्डिया लिमिटेड (पीटीसी इण्डिया) ले किन्ने सम्झौता गरेको छ । आयोजना विकासका लागि जिम्मा पाएको एनएचपीसी लिमिटेड र पीटीसीबीच मंगलबार विद्युत खरिद सम्झौता भएको छ। पीटीसी इण्डिया भारत सरकारको स्वामित्वको कम्पनी हो । जसले भारतमा विद्युत बिक्रीको काम गर्छ।

लगानी बोर्डको कार्यालय काठमाडौंले ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी-६ विकासको जिम्मा एनएचपीसीलाई दिएको छ। दुई आयोजनाको जडित क्षमता १२०० मेगावाट छ। जसको २१.९ प्रतिशत अर्थात २६२.८ मेगावाट नेपालले निःशुल्क पाउनेछ। बाँकी विद्युत पीटीसी इण्डियाले खरिद गर्नेछ।

भदौ २ गते बोर्ड र एनएचपीसीबीच द्धिपक्षीय सम्झौता (एमओयु) मा हस्ताक्षर भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितमा एमओयु भएको हो। कम्पनीलाई तत्कालका लागि सर्वेक्षण अनुमति दिन एमओयु भएको हो। सर्वेक्षण अनुमति पाएको दुई वर्षमा अध्ययन सकेर प्रतिवेदन बोर्डलाई दिनुपर्नेछ। जसमा परियोजनाको अनुमानित लागत, अध्ययन, निर्माण सुरु तथा निर्माण सम्पन्न हुने समय र कार्ययोजना, बजार सुनिश्चितता, प्रसारणलाइन, वित्तीय स्रोतको उपलब्धता, परियोजना कार्यान्वयनको तरिका लगायत समावेश हुनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

Array