चीनमा ठूलो बैंकिङ घोटला सार्वजनिक, घोटालामा संलग्न २ सय ३४ जना पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – चीनको सबैभन्दा ठूलो एक बैंकमा घोटालाको सार्वजनिक भएको छ । ब्लूमबर्गको पछिल्लो रिपोर्ट अनुसार मध्य चीनका अधिकारीहरूले सोमबार २९ अगस्टमा ५८०० मिलियन डलरको बैंकिङ ठगीको मामिलामा ठूलो कारबाही गरेका छन्। अहिलेसम्म हेनान प्रान्तको शुचाङ सहरबाट यस घोटालामा संलग्न २ सय ३४ जना पक्राउ परेका छन् ।

स्थानीय ग्रामीण बैंकमा निक्षेपमा बढी ब्याज दिने आश्वासन दिएर जनतालाई ठगी गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । शुचाङ नगर सरकारले लु यिवेई नामका मुख्य योजनाकारले आफ्ना सहयोगीसँग मिलेर यसअघि हेनानका चारवटा बैंक अवैध रूपमा नियन्त्रण गरेको बताएको छ । त्यसपछि आरोपितले लगानीकर्तालाई प्रतिवर्ष १३ देखि १८ प्रतिशतसम्म ब्याज दिने प्रलोभनमा ठगी गरेका थिए । प्रतिवेदनका अनुसार आरोपितले आन्हुई प्रान्तमा रहेको युझाउ सिनमिन्सेङ गाउँ बैंकको पनि स्वामित्व राखेका थिए। यी बैंकहरूमा हजारौंको खाता छ।

जुलाई १० मा, हजारौं निक्षेपकर्ताहरू आफ्नो पैसा फिर्ता लिन पिपुल्स बैंक अफ चाइनाको शाखा बाहिर पुगेका थिए।आक्रोशित जनताले विरोध प्रदर्शन गर्न थालेका छन । तर, अहिले घोटाला बाहिरिएपछि बैंकको मूल कम्पनीमाथि पनि अनुसन्धान भइरहेको छ । चाइना डेलीको रिपोर्ट अनुसार प्रहरीले क्षतिको क्षतिपूर्तिमा राम्रो रिकभरी गरेको दाबी गरेको छ । यसबीचमा बैंकले केही खातावालाको निक्षेप र पूँजी फिर्ता गर्ने भनेको कानुन बमोजिम भएको अधिकारीहरुले बताएका छन् ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्