भगवान गणेशको पूजा आराधना गर्दै चौथी पर्व मनाइँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – भगवान् गणेशको आज विशेष पूजा–आराधना गरिदैँ गणेश चौथी पर्व मनाइँदै छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीले हरेक वर्ष भाद्र शुक्ल चतुर्थी तिथिका दिनलाई गणेश चौथीका रूपमा मनाउने गर्छन् । यस नि देशभरका गणेश मन्दिरमा विशेष मेला लाग्छ ।

आज उपत्यकाका सूर्यविनायक, कार्यविनायक, चन्द्रविनायक, जलविनायकसहित कमलादी गणेशको मन्दिरमा विशेष पूजासहित भक्तजनको भीड छ । गणेशलाई लड्डु (मोदक) चढाए आफ्नो मनोकामना पूरा हुने विश्वासानुसार अधिकांश गणेश मन्दिरमा भक्तजनहरू मोदक बोकेर पुगेका छन् । कुनै पनि धार्मिक कार्य सुरु गर्नुअघि गणेशको पूजा गर्दा सफल हुने जनविश्वास छ । आजैका दिन गणेशको जन्म भएको शिवपुराणमा उल्लेख छ ।

गणेश चौथीको दिन नेवार समुदायले भने चथा पर्व मनाउँदै छन् । आज बेलुका चन्द्रमाको पूजा गरेर यो पर्व मनाइने गरिन्छ । यस दिन चन्द्रमालाई चोर देवताका रूपमा पूजा गरिन्छ । कमलको फूल, फलफूल, अदुवाको बोटलगायत राखेर चन्द्रमाको पूजा गर्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस्

Array