हिमालयन बैंकद्वरा साढे १० प्रतिशत ब्याजको ऋणपत्र निष्कासन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ –  हिमालयन बैंक लिमिटेडले वार्षिक साढे १० प्रतिशत ब्याजको ऋणपत्र आजबाट जारी गरेको छ। भदौ १९ गतेसम्म जारी हुने ऋणपत्र सात वर्षमा परिपक्व हुने छ। १००० रुपैयाँ अंकित दरका ऋणपत्र कम्तिमा २५ कित्ता खरिद गर्नुपर्ने हुन्छ। बढीमा २ लाख ५० हजार कित्ता किन्न पाइने छ।

बैंकले कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो। यसको ६० प्रतिशत अर्थात १५ लाख कित्ता ऋणपत्र प्राइभेट प्लेसमेन्टमार्फत बिक्री गरिने छ। बाँकी रहेको ४० प्रतिशत अर्थात १० लाख कित्ता ऋणपत्र आम सर्वसाधारणलाई बिक्री गर्ने छ।

प्रतिक्रिया दिनुहोस्

Array