वीरेन्द्रनगरमा ग्याङ फाइट हुँदा एकको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – सुर्खेतको वीरेन्द्रनगरमा दुई समूहबीचको झडपमा एकजनाको मृत्यु भएको छ । नगरपालिका–१०, बामेखोला पटानटोलमा तिजको नाच हेर्ने क्रममा मंगलबार राति युवाबीच झडप भएको हो । मृत्यु हुनेमा स्थानीय २४ वर्षीय रोशन जिसी रहेको जिल्ला प्रहरीले बताएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रहरीका अनुसार दुई समूहबीच झडप हुँदा जिसीको मृत्यु भएको हुन सक्ने र अनुसन्धान भइरहेको जनाएका छन । मृतकको टाउकोमा गम्भीर चोट रहेको र घटनामा संलग्नको पहिचान र खोजी भइरहेको प्रहरीले जनाए ।

प्रतिक्रिया दिनुहोस्

Array