अमेरिकामा चलचित्र परिवारको प्रिमियर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ  – नेपाली चलचित्रका निर्देशक सुमन दाहालले अमेरिकामै रहेर निर्देशन गरेकोे नेपाली लघु चलचित्र ‘परिवार’ को प्रिमियर शो गरिएको छ। अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीको लेक्सिनटन शहरमा २८ अगष्टमा एक समारोहका बीच प्रदर्शन गरिएको होो। अमेरिकाको ओहायो राज्यको कोलम्बस शहरमा छायाँकन गरीएको यो चलचित्र तयार पारेका हुन्।

परिवारभित्र कसरी बिखण्डन हुन्छ र त्यसलाई कसरी मेलमिलाप गर्न सकिन्छ भन्ने विषयमा आधारित रहेर निर्माण गरिएको यो चलचित्र सामाजिक सचेतनामुलक चलचित्र रहेको निर्देशक सुमन दाहालले बताए। ‘हामीले पारिवारिक समस्याको विषयलाई उठाएर शिक्षा, सचेतना फैलाउने खालको सन्देश मुलक चलचित्र बनाएका छौं।’ उनले भने ‘मुलत बिदेशमा बसेका नेपालीहरुको परिवारको एकताका लागि चलचित्र परिवार निर्माण गरेको हौं।’

- Advertisement -
Ad imageAd image

चलचित्रमा वसुन्धरा भुषाल, एकनारायण सुवेदी, मन्दिरा दाहाल, डि डि कौशिक, ईश्वर प्रवासी, सविता चौलागाई, रबी कोइराला, सन्दिप अर्याल, आयुश ढुङ्गेललगायतको मुख्य भूमिका रहेको छ ।इश्वर प्रवासीको कथा रहेको यो चलचित्रमा पटकथा, सम्वाद रवी अर्याल रहेको छ ।जसमा अँग्रेजी सब टाइटल सरोज प्याकुरेलको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्