छात्रालाई जिउँदै जलाएको घटनामा भारतको झारखण्डमा विरोध प्रदर्शन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ  – भारतको झारखण्डमा एक छात्रालाई जिउँदै जलाइएको घटनालाई लिएर व्यापक विरोध भएको छ । बदनियत राखेर पछ्याइरहने व्यक्तिले विद्यालय पढ्ने ती छात्रालाई जिउँदै जलाएपछि भारतको पूर्वी राज्य झारखण्डमा व्यापक जनप्रदर्शन सुरु भएको हो । जलेर गम्भीर घाइते भएको अवस्थामा अंकिता सिंहलाई उपचारका लागि अस्पताल लगिएको थियो । उनको अस्पतालमा मृत्यु भएको हो । ती १९ वर्षीया अंकिताको हत्याको आरोपमा प्रहरीले दुईजना पुरुषलाई पक्राउ गरेको छ ।

प्रहरीकाअनुसार शाहरुख नामक मुख्य अभियुक्तले केही दिनदेखि अंकितालाई फोन गरेर सताउँदै आएका थिए । अर्का पुरुषमाथि भने अंकितालाई मार्न शाहरुखलाई पेट्रोल उपलब्ध गराएको आरोप लगाइएको छ । सरकारी तथ्यांकअनुसार भारतमा प्रत्येक वर्ष हजारौँका संख्यामा केटीहरूलाई जबर्जस्ती पछ्याउने घटना हुने गरेका छन् ।

लैंगिक अधिकारवादी अभियन्ताहरूले भने अधिकांश महिलाले यस्तो घटनाबारे प्रहरीमा उजुरी दिन हिच्किचाउने भएकाले वास्तविक पीडितको संख्या सरकारी तथ्यांकमा उल्लेखित भन्दा बढी हुनसक्ने बताउँछन् । यसरी महिलाहरूलाई जबर्जस्ती र एकोहोरो मन पराउनेहरूले प्रेम प्रस्ताव अस्वीकार गर्नेहरूमाथि एसिड छ्याप्ने समेत गरेका छन् ।

बीबीसीबाट ।

प्रतिक्रिया दिनुहोस्

Array