राजनीतिक दल तथा धार्मिक संगठनलाई डलर प्रिपेड कार्डमार्फत भुक्तानी गर्न नपाइने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं–
नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन विभाले मंगलबार डलर प्रिपेड कार्डबाट गर्ने भुक्तानीमा कडाइ गरेको छ । बैंकले एक परिपत्र जारी गर्दै विभिन्न १० वटा मर्चेन्ट क्याटागोरी कोडमा उक्त कार्डबाट भुक्तानी गर्न नसकिने व्यवस्था गरेको हो । जसअनुसार मर्चेन्ट क्याटागोरी कोड डलर प्रिपेड कार्डबाट हुने भुक्तानीहरु वायर ट्रान्सर्फर, बीम सेवाको डाइरेक्ट मार्केटिङ, स्ट्याम्प र क्वाइनको भुक्तानी गर्न नसकिने राष्ट्र बैंकले परिपत्रमा उल्लेख गरेको छ ।
त्यस्तै वित्तीय संस्थालाई भुक्तानी (म्यानुअल क्यास डिस्बर्समेन्ट) वित्तीय संस्थाको व्यापार तथा सेवा, गैर बैंक तथा वित्तीय संस्थाहको विदेशी मुद्रा, मनि अर्डर यात्रुको भुक्तानी डलर कार्डमार्फत भुक्तानी डलर प्रिपेड कार्डमार्फत गर्न राष्ट्र बैंकले रोक लगाएको हो ।

धितोपत्र दलाल,डिलर्स, बीमा बिक्री, अन्डराइटिङ तथा प्रिमियम, रियल इस्टेट एजेन्ट तथा म्यानेजर (रेन्टल) वाणिज्य बैंकहरुलाई हुने भुक्तानी, स्टोरहरुको कार्ड खरिद तथा लोडिङ, विविध सेवा तथा वस्तु (अति जोखिम खालका), क्यासिनो, घोडा तथा कुकुर दौड, सबै प्रकारका जुवा, कुनै पनि प्रकारका राजनीतिक दल तथा धार्मिक संगठनलाई कार्डमार्फत भुक्तानी गर्न नपाइने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्