महासंघद्वारा सञ्चारसम्बन्धी कानुनहरू टुङ्गोमा पुर्‍याउन सरकारको ध्यानाकर्षण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ  – नेपाल पत्रकार महासंघले सञ्चारसम्बन्धी विभिन्न कानुनहरू चाँडो टुङ्गोमा पुर्याउन सरकारको ध्यानाकर्षण गराएको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी सञ्चारसम्बन्धी विभिन्न कानुनहरू टुङ्गोमा पुग्न नसकेकोप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण गराएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी विभिन्न कानुनहरू चालू अधिवेशनमा नै टुङ्गोमा पुर्याउन पहल गर्न प्रधानमन्त्री देउवालाई महासंघको प्रतिनिधिमण्डले आग्रह गरेको हो । अहिले सञ्चारसम्बन्धी कानुन नहुँदा विद्युतीय कारोबार ऐनलगायतका विभिन्न कानुनहरू आकर्षित गरी पत्रकारलाई दुःख दिने काम गरिएको प्रति महासंघले चिन्ता प्रकट गरेको छ ।

भेटघाटका क्रममा प्रधानमन्त्री देउवाले महासंघले  राखेका मागहरूलाई सकारात्मक रूपमा लिई तत्काल पहल गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई फोनमार्फत निर्देशन दिएको पत्रकार महासंघले जानकारी दिएको छ । भेटमा महासंघका तर्फबाट अध्यक्ष विपुल पोख्रेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोसन पुरी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

Array