चट्याङ लागेर तीन जनाको मृत्यु

मृत्यु हुनेमा मलाही गाउका ३९ वर्षकी सुदमिया देवी, उनकी छोरी १७ वर्षकी जगिया कुमारी र स्थानीय १८ वर्षीया मनिषा रहेका छन् ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ भाद्र २०७९, मंगलवार
0 Min Read
Aa

आज बिहान परेको चट्याङ लागेर रौतहटको गरुडा नगरपालिकामा तीन जना महिलाको मृत्यु भएको छ । चट्याङ लागेर ११ जना घाइते भएका छन् ।

धान खेतमा काम गरिरहेका महिलाको चट्याङ लागेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मलाही गाउका ३९ वर्षकी सुदमिया देवी, उनकी छोरी १७ वर्षकी जगिया कुमारी र स्थानीय १८ वर्षीया मनिषा रहेका छन् ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array