भारतीय प्रम नरेन्द्र मोदीका यार गौतम अडानी संसारकै तेस्रो धनी

अडानीको सम्पति वृद्धिलाई भारतीय प्रधानमन्त्रीको कृपाको रूपमा भारतीय राजनीतिमा चर्चा गरिन्छ । केहि समय यता मोदी सरकारले अडानीको अर्वौ ऋण मिनाहा गरेको छ । ६० वर्षका अडानीले कोइलादेखि बन्दरगाहसम्मको व्यापार गर्छन् । उनको बन्दरगाह लागुऔषध तस्करीको लागि बेलाबेलामा चर्चा हुनेगरेको छ । अडानीको कम्पनी  भारतमा बन्दरगाह र विमानस्थल सञ्चालन गर्ने सबैभन्दा ठूलो कम्पनी हो।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी निकट विवादास्पद अर्बपति गौतम अडानी संसारकै तेस्रो धनी व्यक्ति बनेका छन् । मंगलबार सार्वजनिक भएको ब्लुमबर्ग अर्बपति सूचीमा अडानी तेस्रो नम्बरमा रहेका हुन् । एक नम्बरमा  एलन मस्क र दुई नम्बरमा जेफ बेजोस रहेका छन्।

अडानीको सम्पत्ति १३७ अर्ब डलर छ। यो बर्ष अडानीको सम्पति १.१२ अर्ब डलर बढेको छ ।

अडानीको सम्पति वृद्धिलाई भारतीय प्रधानमन्त्रीको कृपाको रूपमा भारतीय राजनीतिमा चर्चा गरिन्छ । केहि समय यता मोदी सरकारले अडानीको अर्वौ ऋण मिनाहा गरेको छ । ६० वर्षका अडानीले कोइलादेखि बन्दरगाहसम्मको व्यापार गर्छन् । उनको बन्दरगाह लागुऔषध तस्करीको लागि बेलाबेलामा चर्चा हुनेगरेको छ । अडानीको कम्पनी  भारतमा बन्दरगाह र विमानस्थल सञ्चालन गर्ने सबैभन्दा ठूलो कम्पनी हो।

अहिले उनको समूह कोइलादेखि बन्दरगाह, मिडिया, सिमेन्ट, एल्युमिना र डाटा सेन्टरसम्मको व्यवसायमा संलग्न छ ।

प्रतिक्रिया दिनुहोस्

Array