प्राधिकरणले रत्नपार्कमा बनाएको विद्युतीय चार्जिङ स्टेशन सञ्चालनमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको रत्नपार्कमा निर्माण गरेको विद्युतीय चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ । मंगलबार ऊर्जा मन्त्री पम्फा भुसालले उक्त स्टेशनको शुभारम्भ गरेकी हुन्।विद्युतीय सवारी प्रयोगलाई बढाउन र विद्युत खपत प्रवर्द्धनका लागि चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ। देशका विभिन्न ५१ स्थानमा सवारी चार्जिङ स्टेशन स्थापनाका काम भइरहेको पनि प्राधिकरणले जानकारी दिएको छ।

यीमध्ये २६ वटा ठूला सवारी साधन र २५ वटा साना सवारी साधन चार्ज गर्न मिल्ने स्टेशन हुनेछन्। सवारी साधन चार्जको रकम भुक्तानीका लागि प्राधिकरणको मोबाइल एप्स प्रयोग गर्न सकिन्छ। करिब आधादेखि एक घन्टा चार्ज गर्दा व्याट्री पूर्ण चार्ज हुने पनि प्राधिकरणको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

Array