दशैंका लागि नयाँ नोट भदौ २६ गतेदेखि साट्न पाइने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – दशैंका लागि भदौ २६ गतेदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने भएको हो । राष्ट्र बैंकका अनुसार २६ भदौ देखि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी रहेको छ । सबै बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकमार्फत नयाँ नोट साट्न सक्ने व्यवस्था गरिने बैंकले बताएको छ ।

त्यसैगरी, भदौ २० पछि मात्रै कहाँकहाँबाट नयाँ नोट साट्न सकिने भनेर सूचना प्रकाशित गर्ने तयारी रहेको बैंकले जनाएको छ । काठमाडौं उपत्यका बाहिर पनि बैंक तथा वित्तीय संस्थामार्फत नै आवशयकता अनुसार राष्ट्र बैंकको प्रदेश स्थिति कार्यालयबाट पनि नयाँ नोट साट्न सकिने छ।

प्रतिक्रिया दिनुहोस्

Array