नयाँ सोच भएका स्टार्टअप बिजनेसलाई प्रोत्साहन गर्ने कोषको लागि अनुमति दिइदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – युवा वर्ग अथवा जोसुकै वर्गसँग व्यवसायको नयाँ सोच भएकालाई स्टार्टअप बिजनेसलाई प्रोत्साहन गर्न विशिष्टीकृत लगानी कोषहरुको स्थापना हुने भएको छ । त्यसका लागि सरकारले थप सातवटा प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल (पीईभीसी) लाई यह साता अनुमति दिने तयारी गरेको छ । प्रोजेक्ट बेस्ड फन्डिङको माध्यमबाट नवीन सोचसहितका स्टार्टअप बिजनेसलाई प्रोत्साहन गर्न पीईभीसीको आवश्यकता रहेको धितोपत्र बोर्डले जानकारी दिएको छ । ‘युवा वर्ग अथवा व्यवसायको नयाँ सोच भएकालाई बिना धितो पुँजी दिइने बोर्डले बताएको छ ।
उनका अनुसार धितोपत्र बोर्डले ६ महिनाको अवधिमा ९ वटा पीईभीसीको लाइसेन्स जारी गर्न लागेको बोर्डका अध्यक्ष रमेश हमालले बताए । जसमध्ये दुई वटाले भने अनुमति पाइसकेका छन्। बाँकी ७ वटा एलओआई प्राप्त संस्थाले पनि पीईभीसीको लाइसेन्स यही साताको अन्त्यसम्म दिने तयारी भएको उनले बताए ।
बोर्डले यस अधि ग्लोबल इक्विटी फन्ड र अवसर इक्विटीलाई विशिष्टीकृत लगानी कोषको स्वीकृति दिइसकेको छ । अनुमति माग्दै आएका कुल ९ वटा एलओआई प्राप्त संस्थामध्ये अब आध्यान्त फण्ड म्यानेजमेन्ट र ६ वटा मर्चेन्ट बैंक कम्पनी छन्।

एनआईसी एसिया क्यापिटल लिमिटेड, एनएमबि क्यापिटल लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र एनआईबीएल एस क्यापिटल लिमिटेडलाई बोर्डले एलओआइ दिइसकेको हो।

प्रतिक्रिया दिनुहोस्

Array