केभीकेएसएस बास्केटबल आजदेखि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – विद्याकुञ्ज सेकेन्डरी स्कुलको आयोजनामा चौथो केभीकेएसएस अन्तर विद्यालय बास्केटबल प्रतियोगिता मंगलबार (आज) देखि सुरु हुने भएको छ । प्रतियोगितामा जम्मा ३६ टिमको सहभागिता रहने केभीकेएसएसकी प्रिन्सिपल नित्या श्रेष्ठले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताएकी छन ।

सिनियर ब्वाइजमा २४ तथा सिनियर गल्र्समा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । ब्वाइज टिमलाई आठ तथा गल्र्सलाई चार समूहमा विभाजन गरिने छ । ब्वाइजतर्फ प्रत्येक समूहको शीर्ष दुई टोली प्रिक्वाटरफाइनलमा प्रवेश गर्नेछन् । गल्र्सको समूह विजेता र उपविजेता क्वाटरफाइनलमा पुग्नेछन् । २२ भदौसम्म चल्ने प्रतियोगिताका खेलहरू धापासीस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array