शेयर बजारमा आज सामान्य सुधार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – शेयर बजारमा सोमबार (आज) भने सामान्य सुधार देखिएको छ। यस दिन नेप्से सूचक ३.७६ अंकले बढेर १९९३.०२ विन्दुमा पुगेको छ। सोमबार १ अर्ब २६ करोड ६६ लाख १९ हजार १५० रुपैयाँ बराबरको ३४ लाख ४० हजार ९०० कित्ता शेयर कारोबार भएको छ। अघिल्लो दिन २ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको थियो।

सोमबार नेपाल दुरसञ्चार कम्पनीको सबैभन्दा धेरै ११ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने अरुण कावेलि हाइड्रोपावरको ५ करोड, हिमालयन डिस्टिलरीको ४ करोड र शिवम् सिमेन्टको ३ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ। यस दिन कारोबारमा आएका १३ उपसमूहमा ९ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने ४ उपसमूहको सूचक नकारात्मक देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्

Array