नयाँ ब्रोकर लाइसेन्स वितरण संशोधित नियमावली तत्काल स्वीकृत गर्न लगानीकर्ताको माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ  नयाँ ब्रोकर लाइसेन्स वितरण संशोधित ‘धितोपत्र व्यवसायी नियमावली, २०६४’ तत्काल स्वीकृत गर्न सेयर लगानीकर्ताहरुले माग गरेका छन्। सेयर लगानीकर्ताका संघसंगठनहरु नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन।

विज्ञप्तिमा ‘विगत केही समयदेखि विभिन्न चरणमा काम हुँदै अगाडि बढिरहेको पुँजीबजार विकास र विस्तारमा कोशेढुंगा सावित हुने तीन तहको नयाँ ब्रोकर थप गर्ने सम्बन्धमा धितोपत्र बोर्डको सञ्चालक समितिबाट पास भई मन्त्रीपरिषद्मा पुगिसकेको अवस्थामा मन्त्रीपरिषदमा रहेका जिम्मेवार पदाधिकारीबाट सिन्डिकेट प्रथालाई नै निरन्तरता दिने खालका गतिविधि हुन आएको भन्ने बुझिएको छ’, । ‘उक्त प्रक्रिया अगाडि बढ्न नदिन विभिन्न खालका ढिलासुस्ती गरी रोकिएको अवस्थामा ५२ लाख आमलगानीकर्ताको ध्यानाकर्षण भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

Array