त्रिभुवन विश्वविद्यालयको समस्या तत्काल समाधान गर्न सभामुख सापकोटाको निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ  – त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिएका छन्। प्रमुख प्रतिपक्षी नेकपा एमालले विकृतिको हल गर्न रुलिङको माग गरेपछि सभामुख सापकोटाले सरकारलाई यथासीघ्र समस्या समाधान गर्न निर्देशन दिएका हुन्।

एमालेले त्रिभुवन विश्वविद्यालयमा भइरहेको बेथिती तत्काल हल गर्न सरकारसँग माग गरेको छ । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले विश्वविद्यालयमाथि सत्तापक्षबाटै पटकपटक आक्रमण हुँदै आएको बताए।

विश्वविद्यालयमा पटकपटक आक्रमण हुँदासमेत कुलपति र सहकुलपति संवेदनशील नभएको बताए। ज्ञवालीले भने, ‘विश्वविद्यालय धराशयी अवस्थामा छ । हजारौं विद्यार्थी विदेश पलायन भएका छन् । शिक्षाको गुणस्तर कसरी कायम हुन्छ रु प्राध्यापकमाथि आक्रमण गर्नेको मुद्धा फिर्ता लिइयो ।

प्रतिक्रिया दिनुहोस्

Array