विधेयकले पीडितको माग सम्बोधन गरेको छैन: एमाले

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेले संसदमा पेश भएको वेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक पीडितको पक्षमा नभएको बताएको छ । पीडितलाई राहत पुग्ने भन्दा पनि आघात पर्नेगरी विधेयक पेश भएको एमाले सांसदहरुले बताएका छन् ।

सोमबार संसद बैठकमा बोल्दै पूर्वकानुनमन्त्री समेत रहेकी एमाले सांसद शिवमाया तुम्बाहाम्फेले विधेयकले नेपालको संविधान र सर्वोच्चको नजिर सम्बोधन नगरेको बताइन्। उनले भनिन्, “मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सिद्धान्तलाई वेवास्ता गरेको छ । यो व्यवस्थाले पीडितले न्याय पाउने गुन्जायस छैन ।” उनले विषयगत समितिलाई लगेर राष्ट्रिय सहमतिसहित विधेयक आउनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

Array