बिरा कम्प्लेक्सका व्यापारीको अवरोध; विशाल बजारलाई २४ घण्टाभित्रमा नक्सा पेस गर्न महानगरको निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं–
काठमाडौंको न्यूरोडमा सोमबार अवैध संरचना अनुगमन गर्न पुगेको महानगर प्रहरीसहितको टोली र व्यवसायीबीच बिरा कम्प्लेक्समा भनाभन भएको छ । व्यापारीहरुले अण्डरग्राहउण्ड पार्किङको मुखैमा अवरोध गरेका छन् ।
भित्र रहेको होलसेल पसल अनुगमन गर्न पुगेको महानगर प्रहरी व्यापारीको अवरोधका कारण प्रवेशद्वारमै रोकिएका छन् । महानगरले बिरा कम्प्लेक्सको भुईंतलामा रहेको पसलहरु अवैध रहेको बताएको छ ।
यस्तै काठमाडौं महानगरपालिकाले विशाल बजार भवनको नक्सा २४ घण्टाभित्रमा वडा कार्यालयमा पेश गर्न समेत निर्देशन दिइसकेको छ । स्थलगत अनुमगन गर्दै बेसमेन्टमा रहेको पसलहरु अनधिकृत रहेको र भवनको नक्सा समेत नरहेको पाइएपछि तत्काल नक्सा लिएर वडा कार्यालयमा आउन निर्देशन दिएको थियो । विशाल बजार कम्पनीले भने पसलहरु वैधानिक रहेको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array