मेयर हर्क साम्पाङको राजीनामा माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – सामाजिक सञ्जालमा अभद्र र असभ्य टिप्पणी गरेको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको राजीनामा मागिएको छ । इन्जिनियरिङ क्याम्पसका राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी सङ्गठनले सोमबार एक विज्ञप्ति जारी गर्दै साम्पाङको राजीनामा मागेको हो । मेयर साम्पाङले सामाजिक सञ्जालमा अभद्र र असभ्य टिप्पणी गरेको तथा इन्जिनियरहरूको मानमर्दन गरेको आरोप सङ्गठनले लगाएको छ। राजीनामा नदिए कडा आन्दोलन गर्ने चेतावनी पनि उसले दिएको छ।

केही दिनअगाडि अगाडी मेयर साम्पाङले काठमाडौँका मेयर बालेन्द्र शाहप्रति लक्षित गर्दै इन्जिनियरहरूलाई कटाक्ष गरेका थिए। विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जालमा अत्यधिक दम्भ र आफूबाहेक अरू कोही पनि सक्षम नरहेझैँ शैलीमा इन्जिनियरको क्षमता र इन्जिनियरिङ पेसाप्रति धरानका नगर प्रमुखद्वारा गरिएको अपमानपूर्ण टिप्पणीप्रति राप्रवि सङ्गठन घोर भर्त्सना र विरोध गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्