१७ वटा बीमा कम्पनी मर्जरमा जाने सम्झौता, कारोबारको मिति समते तयार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ भाद्र २०७९, सोमबार
3 Min Read
Aa

काठमाडौं– बीमा समितिले बीमा कम्पनीहरुलाई मर्जरको निम्ति चुक्त्ता पूँजी मार्फत दबाव दिएपछि केहि कम्पनीहरु एकआपसमा गाभिएका छन् ।
समितिले बीमा कम्पनीलाई एक आपसमा गाभिनाका लागि गत चैत १० गते निर्जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी साढे २ अर्ब रूपैयाँ र जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब रूपैयाँ पुर्‍याउन निर्देशन दिएको थियो । एक्लै चुक्ता पुँजी पुर्‍याउन नसक्ने कम्पनीहरु गाभिएका छन् । केहिको सहमति हुँदै छ भने केहि कम्पनीको सम्झौता पत्रमा हस्ताक्षर गर्न बाकि छ । समितिको निर्देशन अनुसार आउदो चैत्र भित्रमा पुँजी वृृद्धि गर्नुपर्ने छ ।

समितिको निर्देशन पछि पुँजी वृद्धिको योजना ल्याएपछि हालसम्म १७ वटा बीमा कम्पनीले मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन् ।
जसमा हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले पहिलो पटक मर्जरमा जाने सम्झौता गरेका थिए । वैशाख २२ गते हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले एक आपसमा गाभ्ने/गाभिने सहमति गरेका थिए । यी दुई कम्पनीले एकीकृत करोबार शुरू गरिसकेका छन् ।

मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सले कात्तिक १ गतदेखि एकीकृत कारोबार गर्ने भएका छन् । ज्योति लाइफ र सूर्या लाइफबीच असार १२ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । प्राइम लाइफ, गुँरास लाइफ र यूनियन लाइफले वैशाख २९ गते मर्जरको सम्झौता गरेका थिए । यी कम्पनीले पनि कात्तिक १ गतेदेखि नै एकीकृत करोबारको थालनी गर्ने भएका छन् ।

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सले असार २७ गते सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सिद्धार्थ र प्रिमियरले पनि कात्तिक महिनाभित्रमा नै एकीकृत कारोबार गर्ने भएका छन् ।सानिमा लाइफ र रिलायन्स लाइफ, सानिमा जनरल र जनरल इन्स्योरेन्सले असार २९ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यी कम्पनीले पुसभित्र एकीकृत कारोबार गर्ने छन् ।

असार ३० गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरलले चैतमा एकीकृत कारोबार थाल्ने भएका छन् ।सानिमा र जनरल इन्स्योरेन्सले कात्तिक १ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । यी कम्पनीले असार २९ गते सम्झौतापत्रमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।असार २९ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका सानिमा लाइफ र रिलायन्सले पुस महिनादेखि एकीकृत कारोबार थाल्ने समितिले जनाएको छ ।प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले असार २७ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यी कम्पनीले पनि पुस मसान्तभित्र एकीकृत कारोबार शुरू गर्ने भएका छन् ।

असार ३२ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले एकीकृत करोबार गने मिति तोकेका छैनन् । दुई कम्पनी एक आपसमा गाभिदा कम्पनी बलियो हुने बीमा समितिको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

Array