रवीन्द्र मिश्रलाई सूर्य चुनाव चिन्ह लिएर उमेदवार बन्न ओलीको प्रस्ताव, मिश्र सकारात्मक

अध्यक्ष ओलीले मिश्रलाई एमालेको चुनाव चिन्ह सूर्य लिएर उमेदवार बन्न आग्रह गरे । ओलीले हृदयेस त्रिपाठीको उदाहरण दिए । अध्यक्ष ओलीको प्रस्तावमा मिश्र सकारात्मक रहेको बताईएको छ ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ भाद्र २०७९, सोमबार
2 Min Read
Aa

कमजोर बन्दै गएको विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र काठमाण्डौ क्षेत्र न. १ बाट सूर्य चुनाव चिन्ह लिएर उमेदवार बन्ने सम्भावना वढेको छ । विचार भन्दा माथि देश भन्ने पुर्व संचारकर्मी रवीन्द्र मिश्र राप्रपा सँगको एकताको तयारीमा थिए  । तर स्थानीय निर्वाचनमा भएको लज्जास्पद पराजय पश्चात राप्रपाले रवीन्द्रलाई महत्व दिएन ।

स्वतन्त्र रूपमा  काठमाण्डौ १ बाट निर्वाचन लड्ने घोषणा गरेका मिश्र अचानक हिजो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट स्थित ओली निवाश पुगे । उनको भ्रमणको उद्धेश्य प्रतिनिधिसभा निर्वाचनमा एमालेको समर्थन हासिल गर्नु रहेको ओली सचिवालय सम्बद्ध श्रोतले वतायो । तर अध्यक्ष ओलीले मिश्रलाई एमालेको चुनाव चिन्ह शुर्य लिएर उमेदवार बन्न आग्रह गरे । ओलीले हृदयेस त्रिपाठीको उदाहरण दिए । अध्यक्ष ओलीको प्रस्तावमा मिश्र सकारात्मक रहेको बताईएको छ । यसको औपचारिक पुष्टी भने भएको छैन ।

काठमाण्डौ क्षेत्र न. १ नेपाली कांग्रेस का नेता प्रकासमान सिंह निर्वाचित हुदै आएको क्षेत्र हो । रवीन्द्र मिश्रको परिवारको प्रकासमान सिंह का बुबा स्व. गनेसमान सिंह सँग अघोषित प्रतिद्वन्दिता रहेको बताईन्छ।

एउटा लामो फेसबुक स्टाटस लेख्दै मिश्रले ओली सँगको भेटको प्रसँग खुलाएका छन् । उनले लेखेका छन् “आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हष्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्सा पारित गर्नु पूर्व भोगेका जटिलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो’। भेटका क्रममा राजसंस्थाको आवश्यकता लगायतका विषयमा छलफल भएको र अन्तमा ओलीले चुच्चे नक्सा अंकित सिक्का उपहार दिएको मिश्रले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array