काठमाडौं– हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) ले २ करोड ३२ लाख कित्ता सेयर बोलकबोल हुने भएको छ । यसको लागि कम्पनीले भदौ २० देखि सिलबन्दी बोलकबोलका लागि आवेदन खुला गर्ने जानकारी दिएको छ । यस्तै बोलकबोलमा असोज ४ गतेसम्म आवेदन पेस गर्नु पर्नेछ।इच्छुक संस्था वा व्यक्ति जो कोहीले बोलकबोलमा सहभागी भएर बोलपत्र आवेदन बुझाउन सक्नेछन्।
सेयरको न्युनतम मूल्य कम्पनीले १०० रुपैयाँ तोकेको छ। तोकिएको भन्दा कम मूल्य राखेर आवेदन दिन पाइने छैन। न्युनतम एक सय कित्ताका लागि र अधिकतम भए जति सबै कित्ताका लागि आवेदन दिन सकिन्छ । बोलपत्र फाराम बैंकको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलबाट प्राप्त गर्न सकिनेछ।
एचआइडीसीएल संस्थापक समूहको भदौ २० देखि बोलकबोलका लागि आवेदन खुला हुने

प्रतिक्रिया दिनुहोस्