सुरज आर्केडको बेसमेन्ट खाली गर्न मेयर बालेन शाहको निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सुरज आर्केडको बेसमेन्ट र त्यस वरपरका अवैध संचरना हटाउन निर्देशन दिएका छन । मेयर शाहको निर्देशन पछि सुरज आर्केडको बेसमेन्ट खाली गराउने तयारी गरेको हो । सुरज अर्केडसँगैका चन्द्र महल, मखन प्लाजा, चन्दा चकोरी भवनका बेसमेन्ट पनि खाली गर्न निर्देशन दिएको छ ।

महानगरले पछिल्लो समय अनधिकृत संरचना हटाउने अभियान चलाएको छ । मेयर शाह आफैं पुगेर विभिन्न ठाउँका अवैध संरचनाहरू भत्काएका थिए । सुरज आर्केडको बेसमेन्टमा पसलहरु राखिएका छन् । महानगरपालिकाले ३५ दिने सार्वजनिक सूचना दिएपनि सुरज आर्केडको व्यवस्थापनले आनाकानी गरेपछि महानगरले बेसमेन्ट खाली गर्न लागेको हो । सुरज आर्केडले बेसमेन्टमा पार्किङ गर्न नदिएपछि सडकमा पार्किङ गर्दा उक्त क्षेत्रको अवस्था अस्तव्यस्त हुने गरेको छ ।

महानगरले आइतबार भोटाहिटी र त्नपार्कको अन्डरपासमाथि बनाइएका अवैध संरचना हटाएको थियो।

प्रतिक्रिया दिनुहोस्