लिबियामा हिंसा अन्त्य गर्न राष्ट्रसंघको आह्वान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – लिबियाको राजधानी त्रिपोलीमा राजनीतिक गुटहरूबीचको घातक झडपको एक दिनपछि राष्ट्रसंघले हिंसा अन्त्य गर्न आह्वान गरेको छ । झडपका क्रममा कम्तीमा २३ जनाको मृत्यु र दर्जनौं घाइते भएका त्रिपोलीको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा युवा हास्य कलाकार मुस्तफा बराका पनि रहेको एक अधिकारीले बताएका छन् । सन् २०११ मा नेटो समर्थित विद्रोहले तत्कालीन शासक कर्णेल मोमर गद्दाफीलाई अपदस्थ गरेपछि लिबिया अराजकतामा छ । राजधानीका विभिन्न स्थानमा आगलागी र विष्फोट भएका विवरण सार्वजनिक भएका छन् । हिंसामा अस्पतालहरू प्रभावित भएका छन् । भिडन्त भएको वरपरका क्षेत्रबाट मानिसहरू विस्थापित
भएका छन् ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्

Array