पाकिस्तानलाई ५ विकेटले हराउँदै भारत विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – एसिया कप क्रिकेट अन्तरगतको खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारत विजयी भएको छ । आइतबार राती दुबईमा भएको खेलमा भारतले सुखद सुरुवात गरेको हो । पाकिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

भारतको जितमा रविन्द्र जडेजा र विराट कोहलीले समान ३५ ३५ रन बनाए । यस्तै हार्दिक पाण्डयले अविजित ३३ रन बनाए ।पाकिस्तानका मोहमद नवाजले ३ तथा शाहानवाज दाहानीले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ४७ रन बनाएको थियो ।

पाकिस्तानका लागि मोहमद रिजवानले सर्वाधिक ४३ रन बनाए । इफ्तिखर अहमेदले २८ रन जोड्दा कप्तान बाबर आजम १० रनमा आउट भए । भारतका भुवनेश्वर कुमारले ४ विकेट लिए । हार्दिक पाण्डयले ३ तथा अश्रदिप सिंहले २ र आभेस खानले १ विकेट लिए ।यस जितसँगै समूह ए को भारतले पहिलो खेलमा २ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array