टी–२० सिरिज: केन्यामाथि नेपालको जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ भाद्र २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौं– आइतबार भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली केन्याविरुद्धको तेस्रो टी–ट्वान्टी अन्तर्राष्‍ट्रियमा नेपालले जित हात पार्न सफल भएको छ । उक्त खेलमा नेपालले केन्यालाई चार विकेटले हराएको हो । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको १५७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर १६० रन बनाएर पूरा गर्न सफल भएको हो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान दिएका थिए भने डेब्यु खेलाडी अर्जुन साउदले ३५ रन बनाए र उप कप्तान रोहित पौडेल २९ रनको बनाउन सफल भए । नेपालका लागि पवन सर्राफले २० रन बनाउँदा आदिल अन्सारीले १६ र दीपेन्द्र सिंह ऐरी ६ रन बनाएका हुन ।
बलिङतर्फ केन्याका भिराज पटेल र युगिनी ओचिङले दुई–दुई विकेट लिएका थिए । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको केन्याले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर १५६ रन बनाएको थियो । केन्याका लागि करिमले ५५ रनको अर्धशतकीय पारी खेले । ४७ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै पटेलले ७३ रनको अर्धशतकीय पारी खेले । ४३ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे । केन्याका लागि सुकदीप सिंहले ८ रन बनाउँदा कोलिन्स ओब्यूएले १४ रन जोडे ।
यता नेपालका लागि सोमपाल कामी र आदिल अन्सारीले एक–एक विकेट लिएका थिए । यस जितसँगै पाँच खेलको सिरिजमा नेपालले २–१ को अग्रता कायम गरको छ ।

प्रतिक्रिया दिनुहोस्

Array