मोहन वैद्य नेतृत्वको पार्टीले चुनाव बहिस्कार गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ। केन्द्रीय समितिको विशेष बैठकले सक्रिय रुपमा बहिष्कार गर्ने नीति अवलम्बन तथा निर्णय गरेको हो ।

वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी राज्यसत्ताको स्थापना गरी वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्नुपर्ने ठहर छ । बैठकले अन्य क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा समूहसित एकता प्रक्रियालाई प्रभावकारी रुपमा अघि बढाउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array