कांग्रेसले गठबन्धन नचाहे एमाले बाहेकका बामपन्थी दलहरूको गठबन्धन बन्छ : प्रचण्ड

कांग्रेस नेता शेखर कोइराला र उनी पक्षका नेताहरूको गठबन्धनमा रहेका अन्य दलहरूलाई प्रतिनिधिसभामा ६५ सिटभन्दा बढी दिन नसकिने सार्वजनिक अभिव्यक्ति सार्वजनिक भईरहेको बेला प्रचण्डको यो अभिब्यक्ति आएको हो ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमाले बाहेकका बामपन्थी दलहरूको गठबन्धन बन्नसक्ने सम्भावना रहेको बताएका छन् ।

कांग्रेस नेता शेखर कोइराला र उनी पक्षका नेताहरूको गठबन्धनमा रहेका अन्य दलहरूलाई प्रतिनिधिसभामा ६५ सिटभन्दा बढी दिन नसकिने सार्वजनिक अभिव्यक्ति सार्वजनिक भईरहेको बेला प्रचण्डको यो अभिब्यक्ति आएको हो ।

सत्तारुढ गठबन्धनको मुख्य घटक कांग्रेसले वर्तमान परिस्थिति नबुझे, शक्तिको सही मूल्याकंन नगरे अर्को गठबन्धन बन्ने प्रचण्डले बताएका हुन्।

प्रचण्डले उक्त कुरा माओवादी केन्द्र वाग्मती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आइतबार ललितपुरको सानेपामा सम्बोधन गर्दै बताएका हुन् ।

प्रचण्डले प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा गठबन्धनको पक्षमा रहेकोले गठबन्धन नटुट्ने बिश्वाश व्यक्त गरे । तर कांग्रेस भित्रकै केहि शक्तिले गठबन्धन नरुचाएकोले बिकल्प सोच्नु पर्ने भएको बताए ।

 प्रचण्डले भने आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अहिलेको पाँच दलीय सत्तारुढ गठबन्धन एकढिक्का भएर जान्छ तर कांग्रेसले मानेन, गठबन्धनमा शक्तिको सही पहिचान गर्न मन गरेन भने हामीले वाम गठबन्धनलाई अगाडि बढाएर राम्रै परिणाम ल्याउन सक्छौं । सत्तारुढ गठबन्धन भित्रका वामपन्थी दलहरू मिल्दा पनि हाम्रो नराम्रो परिणाम आउँदैन ।’

प्रतिक्रिया दिनुहोस्

Array