डा. गोविन्द केसीद्वारा अनसनको घोषणा

आइतबार एक पत्रकार सम्मेलन गर्दै केसीले स्वास्थ्य क्षेत्र र अन्य सरोकारका आफूले उठाएका माग सम्बोधन नभए भदौ २७ देखि अनसन सुरुगर्ने घोषणा गरेका हुन् । 

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

 डा. गोविन्द केसीले सत्याग्रहको घोषणा गरेका छन् । स्वास्थ्य शिक्षा लगायतका विभिन्न बिषयलाई लिएर धेरैपटक अनसन गरेका डा. केसीले फेरी ६ बुँदे मागसहित अनसनको घोषणा गरेका छन् ।

आइतबार एक पत्रकार सम्मेलन गर्दै केसीले स्वास्थ्य क्षेत्र र अन्य सरोकारका आफूले उठाएका माग सम्बोधन नभए भदौ २७ देखि अनसन सुरुगर्ने घोषणा गरेका हुन् ।

मागमा दरबन्दी क्षमताभन्दा बढी बेडमा चलिरहेका सरकारी अस्पतालहरूको दरबन्दी तत्काल हालको बेड संख्याअनुसार बढाइनुपर्ने, गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने, आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरिनुपर्ने, स्थानीय निकायको बजेटको आधा हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी गरिनुपर्ने, अवैधानिक स्वास्थ्य संस्थाहरूमाथि नियन्त्रण गर्नुपर्ने, विधुतीय गाडीको प्रयोगलाई प्रोत्साहन दिने नीति अवलम्बन गर्नुपर्ने लगायत छन्  ।

प्रतिक्रिया दिनुहोस्

Array