नागरिकता विधेयक राष्ट्रियसभाको विषयगत समितिमा

संघीय संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले फिर्ता गरेको सन्देश राष्ट्रिय सभाको आइतबारको बैठकमा,राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले वाचन गरेका थिए ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता भएर आएको नागरिकता विधेयक अव विषयगत समितिमा छलफल हुने भएको छ ।

प्रतिनिधिसभाबाट हुबहु पारित गरेको विधेयकलाई राष्ट्रियसभाले प्रक्रियागत रूपमा अघि बढाउने भएको हो ।

आज राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता नागरिकता विधेयकलाई पुनर्विचारका लागि विधायन समितिमा पठाउने प्रस्ताव गरेका थिए ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रस्ताव तिमिल्सिनाले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको’ घोषणा गरेका थिए ।

राष्ट्रिय सभाबाट विधेयक पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा गएको छ ।

संघीय संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले फिर्ता गरेको सन्देश राष्ट्रिय सभाको आइतबारको बैठकमा,राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले वाचन गरेका थिए ।

यो विधेयकमाथि अब राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफल हुनेछ । विषयगत समितिले अब विधेयक पारित गरेर समितिको प्रतिवेदन सहित पुनः सभामा पेश गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array