त्रिविको पत्रकार सम्मेलनमा ढुंगा प्रहार, सुरक्षाकर्मीको व्यवस्था गरिदिन गृहलाई आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं  – त्रिभुवन विश्वविद्यालयको पत्रकार सम्मेलनमा नेविसंघले ढुंगा प्रहार गरेको छ । पत्रकार सम्मेलन गर्न नदिने भन्दै पत्रकार सम्मेलन स्थलमा ढुंगा प्रहार गरेको हो । त्रिविका उपकुलति डा. धर्मकान्त बास्कोटाले आयोजना गरेको पत्रकार सम्मेलन नेविसंघका कार्यकर्ताले विथोलेको थिए । नेविसंघले पत्रकार सम्मेलन गर्न नदिने भन्दै पत्रकार सम्मेलन स्थलमा ढुंगा प्रहार समेत गरेको त्रिविका एक पदाधिकारीले बताएका हुन।

त्यही बीचमा द्विपक्षीय विद्यार्थीबीच झडपको अवस्था सृजना भएपछि सुरक्षाकर्मी परिचालन गरिएको छ । पत्रकार सम्मेलन स्थल बाहिर नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिविमा शान्ति सुरक्षा कायम गर्नुपर्छ भन्दै नारा लगाएर प्रदर्शन गरेका थिए ।

नेविसंघ प्रश्नपत्र हुबहु सोध्ने प्राध्यापकलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएको छ भने एमाले निकट अनेरास्ववियूले तालाबन्दी खोल्ने चेतावनी दिएको छ । त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालय परिसरमा शान्ति सुरक्षा गर्ने भरपर्दो सुरक्षाकर्मीको व्यवस्था गरिदिन गृह मन्त्रालयलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array