सामुदायिक बिद्यालयका कर्मचारी आन्दोलित, देशभरका सामुदायिक विद्यालय बन्द

बजेट घोषणा मार्फत नयाँ आर्थिक वर्षमा सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि भएपनि पनि सामुदायिक विद्यालयमा कार्यरत ४० हजारभन्दा बढी कार्यालय सहयोगी र लेखापालको तलब वृद्धि नगरिएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ भाद्र २०७९, आईतवार
2 Min Read
Aa

सामुदायिक बिद्यालयमा कार्यरत कर्मचारीहरूले आज देशभरका सामुदायिक विद्यालय बन्द गराएका छन् । पूर्ण सेवा सुरक्षाको ग्यारेन्टी लगायतका माग राखेर भदौ १ गतेदेखि आन्दोलनरत कर्मचारीहरूले आजदेखि देशभरका विद्यालय बन्द गराएका हुन् ।

बजेट घोषणा मार्फत नयाँ आर्थिक वर्षमा सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि भएपनि पनि सामुदायिक विद्यालयमा कार्यरत ४० हजारभन्दा बढी कार्यालय सहयोगी र लेखापालको तलब वृद्धि नगरिएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

केही विद्यालयहरूमा प्रधानाध्यापकबाट विद्यालय बन्द गराउने विषयमा असहयोग भएको र केही विद्यालयका प्रधानाध्यापक स्वयमले आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विद्यालय बन्द गराएका आन्दोलत कर्मचारीले जनाएका छन् ।

आन्दोलनलाई असहयोग गर्दा प्राफुने परिणामको जिम्मेवार स्वयम् प्रधान्याधापक हुनु पर्ने आन्दोलनरत कर्मचारीले बताएका छन् ।

मुख्य मागहरू :

  • देशभरका ४१ हजार भन्दा बढी विद्यालय कर्मचारी पूर्ण सेवा सुविधाको ग्यारेन्टी गरिनुपर्ने ।
  • विद्यालय कर्मचारी सहायक (लेखापाल) को तलब ३६ हजार ७३० हुनुपर्ने, विद्यालय सहयोगीहरूको तलब २६ हजार २१० रुपैयाँ हुनुपर्ने ।
  • संघीय शिक्षा ऐन/शिक्षा ऐन, २०२८ को संशोधनमा प्रबन्ध गरिनुपर्ने ।
  • सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूलाई दरबन्दीमा समायोजन गरी एक पटकका लागि प्रक्रिया पुर्‍याई स्वतः स्थायी प्रक्रियामा लगिनुपर्ने ।
  • संघीय शिक्षा ऐन जारी हुँदाका बखतसम्म अविच्छिन्न सेवामा कार्यरत विद्यालय कर्मचारीहरूलाई एक पटकका लागि उमेर हद नलाग्ने प्रबन्ध गर्नुपर्ने ।
  • त्यस्तै ६० वर्ष उमेर पुगेका विद्यालय कर्मचारीहरूलाई प्रचलित कानुन बमोजिम शिक्षक सरहको सेवा सुविधा उपलब्ध गराई स–सम्मान अवकाशको व्यवस्था गर्नुपर्ने।
  • विद्यालय कर्मचारीहरूलाई उच्च शिक्षा अध्ययनका लागि अध्ययन बिदा, सन्ततिवृत्ति आदिको प्रबन्ध गरिनुपर्ने।
  • विभिन्न समयमा गरिएका सहमति, सम्झौता कार्यान्वयनमा ल्याउनुपर्ने ।
  • सर्वोच्च अदालतबाट पटकपटक दिइएको निर्देशन कार्यान्वयनमा ल्याउनुपर्ने ।

प्रतिक्रिया दिनुहोस्

Array