नागरिकता विधेयक आज राष्ट्रिय सभाको बैठकमा जानकारी गराइँदै

आज राष्ट्रिय सभालाई जानकारी गराएपछि राष्ट्रिय सभाको अर्को बैठकमा विधेयकको बारेमा छलफल हुनेछ ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको जानकारी, विमर्श र अध्ययनका लागि भन्दै सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयक आज दिउँसो १ बजे राष्ट्रिय सभाको बैठकमा जानकारी गराइँदै छ ।

२ भदौमै प्रतिनिधिसभाले राष्ट्रपतिको सन्देशलाई वेवास्था गर्दै हुवहु पारित गरेको विधेयक १० दिन पछाडि आज राष्ट्रिय सभामा जानकारी गराउन लागिएको हो ।

राष्ट्रिय सभाको बैठकमा आज राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ को सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्युसूची रहेको छ ।

आज राष्ट्रिय सभालाई जानकारी गराएपछि राष्ट्रिय सभाको अर्को बैठकमा विधेयकको बारेमा छलफल हुनेछ ।

राष्ट्रियसभाले हुवहु पास गरेमा प्रतिनिधिसभाका सभामुखले प्रमाणिकरण गरेर राष्ट्रपतिकोमा पठाएको १५ दिन भित्र राष्ट्रपतिले विधेयक प्रमाणिकरणगरि जारि गर्नुपर्नेछ ।

यो पटक राष्ट्रपतिलाई प्रमाणिकरण नगर्ने अधिकार संविधानले दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

Array