धादिङमा खाने तेल बोकेको ट्रक दुर्घटना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – विराटनगरबाट काठमाडौँ आउँदै गरेको न.५ख ५९५५ नं.को ट्रक धादिङमा दुर्घटना भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका-६ जरेखेतमा खाने तेल लिएर आउदैँ गरेको ट्रक त्रिशूली नदीमा खसेको हो ।

सडकबाट करिब २०० तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडिपट्टि भागमा आगलागी भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । प्रहरी र आदमघाटस्थित सशस्त्र प्रहरी बलको संयुक्त टोली सहित स्थानीयवासीले तत्काल आगो नियन्त्रणमा लिएका थिए ।

प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा समयमै आगो नियन्त्रण गरेका प्रहरीले बताएको छ । मानवीय क्षति नभएको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array