भारतमा मापदण्ड बिपरित बनाईएका ट्वीन टावर्स आज भत्काइदै

यी दुई टावर भत्काउन मात्रै १७.५५ करोड भारतीय रुपैया खर्च हुने अनुमान गरिएको छ । यी टावर निर्माण गर्न ३ अर्व भारतीय रुपैया खर्च गरिएको थियो । भत्काउन लाग्ने खर्च निर्माण गर्ने कम्पनिलेनै व्योहर्नु पर्नेछ । अदालतले यी भवन भत्काउन आदेश दिनु अगाडी यी दुई भवनको मूल्य ८ अर्व भारतीय रुपैया पुगेको थियो ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

सत्ता र सम्बन्धित निकायसँगको मिलिभगतमा मापदण्ड बिपरित बनाएको भन्दै भारतीय राजधानी दिल्ली नजिकै रहेको नोयडा सेक्टर ९३ ए मा रहेका ट्वीन टावर्स भनिने दुई लक्जरी भवन भत्काइने भएको छ ।

आज आइतवार करिव २.३० बजे दिउसो यी विवादास्पद टावर्स भत्काइने छ । एपेक्स और केएन नाम गरेका यी दुई टावर सुपरटेक बिल्डरले बनाएको थियो । ३० तला रहेका बिल्डिंगको ऊंचाई ३२० फिट भन्दा धेरै रहेको छ ।

यी भारतमा भत्काउन लागिएको अहिलेसम्मको सवैभन्दा ठुला बिल्डिंग हुन्  । यसलाई गिराउन करिव ३७००  किलोग्राम विस्फोटक पदार्थ प्रयोग गरिने बताईएको छ। जम्मा १२ सेकेन्डमा नै भवन ध्वस्त हुनेछन ।

यी दुई टावर भत्काउन मात्रै १७.५५ करोड भारतीय रुपैया खर्च हुने अनुमान गरिएको छ । यी टावर निर्माण गर्न ३ अर्व भारतीय रुपैया खर्च गरिएको थियो । भत्काउन लाग्ने खर्च निर्माण गर्ने कम्पनिलेनै व्योहर्नु पर्नेछ । अदालतले यी भवन भत्काउन आदेश दिनु अगाडी यी दुई भवनको मूल्य ८ अर्व भारतीय रुपैया पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array