एभरेष्ट होटलमा रात्रीभोज: ओली बाजा बजाउने, केन्द्रीय सदस्यहरू नाच्ने

तुरुन्तै निर्वाचनमा जुट्नुपर्ने भएकोले पुनर्ताजगीको लागि  यो जमघटको आयोजना गरिएको सहभागीले बताएका छन् ।  रात्रीभोज साँझ ६ बजे शुरु भएको थियो ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई रात्रिभोज दिएका छन्। अध्यक्ष ओलीले काठमाडौँको बानेश्वरस्थित एभरेष्ट होटलमा तीजको अवसर पारेर केन्द्रीय सदस्यहरूलाई रात्रिभोज दिएका हुन्।

तुरुन्तै निर्वाचनमा जुट्नुपर्ने भएकोले पुनर्ताजगीको लागि  यो जमघटको आयोजना गरिएको सहभागीले बताएका छन् ।

रात्रीभोज साँझ ६ बजे शुरु भएको थियो ।

रात्रीभोजमा ओलीले बाद्यबादन समेत बजाएका थिए । केन्द्रीय सदस्यहरू छमछमी नाचेका थिए । माहोल उल्लासपूर्ण रहेको थियो ।

दुई दिनसम्म चलेको केन्द्रीय कमिटी बैठक आज सकिएको छ। एमालेले भोलि केन्द्रीय निर्वाचन कमिटी बैठक बोलाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array