म्यानचेस्टर सिटीको आकर्षक पुनरागमन जीत

सिटीको लागि पहिलो गोल बर्नान्डो सिल्भाले गरे । ६२ औ मिनेटमा हालान्डले गोलगर्दै खेल २–२ गोलको बराबरीमा पुर्‍याए । हालान्डलेनै ७० औं र ८१ औं मिनेटमा गोलगरी ह्याट्रिक पूरा गर्दै जित सुनिश्चित गरे ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

आकर्षक पुनरागमन गर्दै म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आफ्नो अग्रता कायम राखेको  छ। शनिबार राति सिटीको घरेलु मैदानमा भएको खेलमा क्रिश्टल प्यालेस विरुद्ध सिटीले ४–२ को जित निकालेको छ ।

पहिलो हाफमा २–० ले पछि रहेको सिटीले दोस्रो ४–२ को सानदार पुनरागमन जीत जित निकाल्यो।

खेलमा चौंथो मिनेटमानै सिटीका जोहन स्टोनेसको आत्माघाती गोल मार्फत क्रिश्टल प्यालेसले अग्रता लिएको थियो। त्यस्तै २१ औ मिनेटमा जोचिम एडरसनको गोलमा क्रिश्टल प्यालेसले अग्रता दोब्बर बनायो।

पहिलो हाफमा निरासाजनक रुपमा २–० ले पछि रहेको सीटीले दोस्रो हाफमा भने सानदार पुनरागमन गर्यो। सिटीको पुनरागमनमा एर्लिङ हलान्डले ह्याट्रिक गरे ।

सिटीको लागि पहिलो गोल बर्नान्डो सिल्भाले गरे । ६२ औ मिनेटमा हलान्डले गोलगर्दै खेल २–२ गोलको बराबरीमा पुर्‍याए ।

हालान्डलेनै ७० औं र ८१ औं मिनेटमा गोलगरी ह्याट्रिक पूरा गर्दै जित सुनिश्चित गरे ।

प्रतिक्रिया दिनुहोस्

Array