इंग्लिस प्रमियर लिगमा लिभरपुलको ऐतिहासिक जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

बौनमाउथमाथि ९-० को फराकिलो जित निकाल्दै लिभरपुलले इंग्लिस प्रमियर लिगमा पहिलो जित हासिल गरेको छ । यस अघिका १ खेल मा पराजय र दुई खेलमा बराबरीमा रोकिएको लिभरपुल आज आफ्नो लयमा फर्किएको थियो ।

आजको खेलमा स्ट्राइकर ले भन्दा डिफेन्डर र मिडफिल्डर ले ज्यादा गोल गरेका थिए ।

पहिलो हाफमा ५.० को अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा थप ४ गोल गरेको थियो। लिभरपुलले तेस्रो मिनेटमानै लुइस डियाजको गोलबाट खेलमा अग्रता बनाएको थियो।

लिभरपुलको फराकिलो जितमा रोबर्टो फिर्मिन्हो र लुइस डियाजले समान २-२ गोल गरेका थए। यस्तै हार्भे इलियोट, ट्रेन्ट एलेक्सजेण्डर आर्नोल्ड, भर्गिल भान डाइक र फाबियो कार्भाल्होले एक–एक गोल गरेका थिए। बौनमाउथका क्रिस मेपहमले एक आत्मघाती गोल उपहार दिएका थिए।
जितसँगै लिभरपुलले ४ खेलमा ५ अंक जोडेको छ। लिभरपुल आठौं स्थानमा रहँदा पराजित बौनमाउथ ३ अंक जोडेर १६ औं स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array