नागरिकता विधेयकको बिषयमा लोसपा नेताहरुले भेटे राष्ट्रपति

राष्ट्रपति भण्डारीले नागरिकता कुनै ठाउँ/क्षेत्र विशेषको नभई राष्ट्रिय समस्या रहेको र यसको स्थायी समाधान खोजिनु पर्ने वताएकी थिईन ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

मधेश केन्द्रित दल  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले आज नागरिकता विधेयकको बिषयलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।

राष्ट्रपतिलाई भेट्न लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, अनिल झा,शरतसिंह भण्डारीलगायतका नेताहरु शितल निवास गएका थिए ।

भेटमा लोसपाका नेताहरुले नागरिकता विधेयकबारे राष्ट्रपतिको ध्यानाकर्षण गराउदै, “कुनै पनि बोनाफाइड नेपाली नागरिकलाई राज्यविहीनताको अवस्थामा राखिनु हुन्न”भनेका थिए ।  अध्यक्ष ठाकुरले प्रतिनिधिसभाले पारित गरेको नागरिकता विधेयकमा भएका विषयवस्तु, अध्यादेशका रुपमा राष्ट्रपतिले पनि जारी गरेका बिशयनै बहेको वताएका थिए । यस्तै बरिष्ठ नेता राजेन्द्र महतोले नागरिकता विधेयकको बिषयमा धेरै चिन्ता गर्नु नपर्ने वताएका थिए ।

जवाफमा राष्ट्रपति भण्डारीले नागरिकता कुनै ठाउँ/क्षेत्र विशेषको नभई राष्ट्रिय समस्या रहेको र यसको स्थायी समाधान खोजिनु पर्ने वताएकी थिईन ।

प्रतिक्रिया दिनुहोस्